FAQs Complain Problems

निशुल्क हवाई उद्दार सेवा कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिकाको यार्पापानि घ्याङ्गफेदीबाट जोखिममा परेको सुत्केरी महिलाको हेलीद्वारा उद्दार

निशुल्क हवाई उद्दार सेवा कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिकाको यार्पापानि घ्याङ्गफेदीबाट जोखिममा परेको सुत्केरी महिलाको हेलीद्वारा उद्दार "

गुणस्तरिय स्वास्थ्य सेवाको पहुंच र उपभोगमा कमी, घरमै सुत्केरी हुने महिलाको अधिकतम संख्या, संस्थागत सुत्केरीको दर न्युन, गर्भवति जाँच र सुत्केरी जाँचको दयनीय अवस्था, गर्भवती र सुत्केरी अवस्थामा आमा तथा बच्चामा देखिने विविध स्वास्थ्य समस्या साथै मातृ मृत्यू र शिशु मृत्यू जस्ता समस्या बाट आक्रान्त र ग्रसित भइरहेको अवस्थामा स्थानीय तहको पुर्नसंरचना संगै स्थानीय सरकारको सक्रियतामा त्यस्ता समस्याहरु न्युनिकरण र निवारणको लागी विभिन्न आवश्यकतामा आधारित प्रभावकारी कदम तथा क्रियाकलापहरु संचालन हुंदै आएको छ । मातृशिशु मृत्युदरलाई न्यूनीकरण गर्नको लागि नेपाल सरकारको "रास्ट्रपति महिला उत्थान कार्यक्रम " को निशुल्क हवाई उद्दार सेवा कार्यक्रम (जसमा दुर्गम क्षेत्रको ज्यान जोखिम मा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरि तोकिएको पायक पर्ने निर्दिष्ट अस्पतालहरुमा पुराउने ब्यबस्था ) लेराएको छ ׀ जस अन्तर्गत उक्त कार्यक्रम आंशिक रुपमा लागु भएको २९ जिल्लाहरु मध्ये नुवाकोट जिल्लाको एक मात्र दुप्चेश्वर गाउँपालिकामा यो कार्यक्रम लागु गर्न यस क्षेत्रका संघीय सांसद,प्रदेश सांसद तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङ लगायत अन्य जनप्रतिनिधि हरु ले अहम भूमिका खेल्नु भएको छ / आज मिति २०७८/०१/१५ गते दुप्चेश्वर गाउँपालिका वडा न. १ घ्याङ्गफेदी यार्पापानी बाट भौगोलिक विकटता, अशिक्षा को कारणले घरैमा सुत्केरी भई साल नझरेको र अधिकतम मात्रामा रक्तश्राब भई ज्यानै जाने अबस्थामा पुगेको बर्ष ३९ को सुत्केरी महिला रिकि तामाङलाई सुचना प्राप्त हुनासाथ प्रक्रियागत ढंगबाट गाउँपालिकाको पहलमा हवाई उद्दार गरि काठमाडौं स्थित थापाथली प्रसुती गृहमा यथाशिघ्र पुर्याई उपचार प्रक्रिया सुरु भैसकेको अबस्था छ ׀ गाउँपालिका अध्यक्ष योबिन्द्र सिंह तामाङ भन्नु हुन्छ " हामीले संस्था गत सुत्केरीलाई प्रथामिकता मा राखेका छौ ,सबै वडामा संस्थागत सुत्केरीलाई प्रोत्सहान गरेका छौ तर पनि अशिक्षा, गरिबी र भौगोलिक बिकटताको कारण १०० प्रतिशत नै संस्थागत सुत्केरी चुनौती बनेको छ ׀ तर हामि १०० प्रतिशतनै सुत्केरी स्वास्थ्य संस्था मा गराउने पहलमा लागिपरेका छौ " ׀ उहाँ थप्नु हुन्छ आजको केसमा उक्त यार्पापानि बाट स्वास्थ्य संस्था सम्म आईपुग्न पनि २-३ घण्टा नै लाग्ने र घ्याङ्गफेदी स्वास्थ्य चौकी सम्म आईपुग्दा उक्त महिलाको ज्यानै समेत जान सक्ने भएको हुँदा हामीले खबर पाउने बित्तिकै तुरुन्तै हवाई उदारको लागि पहल गरेका थियौ / यार्पापानि जस्तो दुर्गम क्षेत्रमा एस्तो समस्यालाई पहिचान गरि समयमै खबर गरि सुचना दिनुहुने करक्याप शेर्पा लाई गाउँपालिकाको तर्फबाट धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहन्छु ׀

आर्थिक वर्ष:

जानकारी