FAQs Complain Problems

ग्यालरी

दुप्चेश्वर गाउँपालिकाको गाँसभाको १५ औँ अधिबेशनका विभिन्न बैठकहरु सम्पन्न भएका छन । यस अधिबेशनमा गाँउपालिकाको आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित गर्नुका साथै अनुमोदन गरेको छ ।

यस कार्यलाई सौहार्दपुर्ण रुपमा सम्पन्न गर्न लाग्नुभएका सम्पूर्ण जनप्रतिनिधिज्युहरु , कर्मचारीहरु तथा समग्रमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

दुप्चेश्वर गाउँपालिका परिवार।

मिति: 06/23/2024 - 19:05
, , , , , , , , , , , , , , , , ,

कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) को संकेत नं (NGRC- 11064) मा सुचिकृत भएको जानकारी गराउदै, १२ ‌औं राष्ट्रिय कृषक दिवसको अवसरमा दुप्चेश्वर गाउँपालिकाको गोगन चौरमा उद्योग मन्त्रालयमा भौगोलिक संकेतिकरण (GI Tag) प्राप्तिको लागी समुन्द्रफिनी धान उत्पादन गर्ने कृषकहरुसँग दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष श्री शंकर बहादुर थापाज्यूको अध्यक्षता, बागमती प्रदेश संसद माननीय राधिका तामाङज्यूको प्रमुख आतिथ्यता , जिल्ला समन्वय प्रमुख श्री रजिन्द्र विक्रम ठकुरीज्यू, गा.

मिति: 06/11/2024 - 10:42
, , , , , , , , , , , , ,

गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर खेर गईरहेको गुरासलाई उपयोग गरी दुप्चेश्वर गाउँपालिका कृषि विकास शाखाको समन्वयमा जुस बनाउने कार्य सफल रुपमा सम्पन्न भयो ।  गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ ।

मिति: 04/01/2024 - 12:05
, , , , , , , , ,

दुप्चेश्वर गाउँपालिकाको गाँउसभाको १४ औँ अधिबेशनको बैठक सम्पन्न भएको छ । यस अधिबेशनमा गाँउपालिकाको बिनियोजन ऐनलाई संसोधन गर्न बनेको बिधेयक तथा अन्य विभिन्न निर्णयहरु सर्बसम्मत रुपमा पारित गर्नुका साथै विभिन्न समितिहरुको प्रतिबेदन प्रस्तुत गरि सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

यस कार्यलाई सौहार्दपुर्ण रुपमा सम्पन्न गर्न लाग्नुभएका सम्पूर्ण जनप्रतिनिधिज्युहरु , कर्मचारीहरु तथा समग्रमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

दुप्चेश्वर गाउँपालिका परिवार

मिति: 02/09/2024 - 19:16
, , , , , , , ,

आज मिति २०८० माग ०८ गते यस दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष श्री शंकर बहादुर थापाज्यूको अध्यक्षता तथा उपाध्यक्ष श्री माकुरी तामाङ ज्यूको , प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजाल ज्यु ,वडा अध्यक्ष ज्यु , कार्यपालिका सदस्यहरु लगायतको उपस्तिथिमा " बाली संरक्षण तथा माटो परिक्षण प्रयोगशाला उद्घाटन" साथै नि:शुल्क जिन्क वितरण कार्यक्रम सम्पन्‍न।

नोट: नियमित रुपमा नि:शुल्क माटो परिक्षण गरिने छ।

मिति: 01/24/2024 - 14:13
, , , , , , , ,

दुप्चेश्वर गाउँपालिकाको आगामि आ .व. २०८०।०८१ को गाँसभाको १३ औँ अधिबेशनका विभिन्न बैठकहरु सम्पन्न भएका छन । यस अधिबेशनमा गाँपालिकाको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम , आर्थिक बर्ष २०८०/८१को आर्थिक बिधेयक, बिनियोजन बिधेयक तथा अन्य विभिन्न निर्णयहरु सर्बसम्मत रुपमा पारित गर्नुका साथै आर्थिक बर्ष २०७९/८० को न्यायिक समितिको प्रतिबेदन समेत सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

यस कार्यलाई सौहार्दपुर्ण रुपमा सम्पन्न गर्न लाग्नुभएका सम्पूर्ण जनप्रतिनिधिज्युहरु , कर्मचारीहरु तथा समग्रमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

दुप्चेश्वर गाउँपालिका परिवार

मिति: 06/28/2023 - 16:07
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

दुप्चेश्वर गाउँपालिकको नवनिर्मित प्रशासकीय भवन समुद्घाटन नेपाल सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय श्री अमनलाल मोदीज्यू को प्रमुख आतित्यथामा मिति २०८०-०१-२२ गते सुसम्पन्न भयो सो कार्यक्रमका केहि झलक हरु  ।

मिति: 05/11/2023 - 12:09
, , , , ,

दुप्चेश्वर गाउँपालिका न्यायीक समितिको आयोजनामा मिति२०८०/१/१० गतेदेखि २०८०/१/१७ गते सम्म (४८) घन्टा मेलमिलाप सम्बन्धि आधारभुत तालिम संपन्न भयो।

मिति: 05/02/2023 - 14:54
, , , , , , , ,

Pages

जानकारी